आइएमई जनरल इन्स्योरेन्स एसियाको उत्कृष्ट रोजगारदाता ब्राण्ड अवार्डबाट सम्मानित

३१ आश्विन २०७८, आईतवार १२:३८

काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स कम्पनी एसियाका उत्कृष्ट रोजगार सेवा प्रदान गर्ने कम्पनीको रुपमा सम्मानित भएको छ । भारतको मुम्वईमा यही अक्टोवर ७ गते आयोजित कार्यक्रममा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडलाई वल्र्ड एचआरडी कंग्रेसले एसियाज बेष्ट इम्प्लोएर ब्राण्ड अवार्ड २०२१ (एसियाको उत्कृष्ट रोजगारदाता कम्पनीको रुपमा) बाट सम्मानित गरेको हो ।

डिजिटल रुपमा आयोजित कार्यक्रममा आईएमई जनरल इन्स्योरेन्स कम्पनीका मुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले उक्त सम्मान ग्रहण गरेको सो कम्पनीले जनाएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले इम्प्लोई ब्राण्डिङ इन्ष्टिच्यूट, वल्र्ड एचआरडी कंग्रेस र अन्य रणनीतिक साझेदार कम्पनीहरुलाई हार्दिक धन्यवाद सहित आभार व्यक्त गरेको कम्पनीले जनाएको छ ।

‘कम्पनीको उपलब्धिमा आ(आफनो क्षेत्रबाट सहयोग तथा साथ दिई महत्वपूर्ण योगदान पु¥याउने सम्पूर्ण ग्राहकबर्गहरु, शेयरधनी, कर्मचारीहरु, नियामक निकाय, सम्पूर्ण सञ्चार जगत लगायत सबैमा कृतज्ञता सहित हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो’ कम्पनीद्वारा जारी बिज्ञप्तिमा भनिएको छ ।

सो कार्यक्रमलाई सम्बोधन गर्दै सिईओ श्रेष्ठले उक्त सम्मानबाट सिंगो आईजिआई परिवारलाई थप हौसला प्राप्त भएको र आगामी दिनमा आफ्नो सेवालाई अझै परिस्कृत गर्दै डिजिटल माध्यमबाट समेत सहज र सरल रुपमा सेवा प्रदान गर्दै सबै क्षेत्रबाट सदा झैँ सहयोग प्राप्त भई नेपालको निर्जीवन बीमा क्षेत्रमा एक अग्रणी बीमा कम्पनीको रुपमा आइएमई जनरल इन्स्योरेन्स अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन् । साथै रोजगार बृद्धि गर्न कम्पनीले सक्दो भूमिका खेल्ने समेत बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*