सुनचाँदी व्यवसायी रमेश महर्जनको कोरोनाबाट निधन

१ कार्तिक २०७८, सोमबार २३:१२

काठमाडौं । सुनचाँदी व्यवसायी रमेश महर्जनको कोभिड–१९ संक्रमणबाट आज निधन भएको छ । आरबी डायमन्ड ज्वेलर्सका मालिक तथा रत्न तथा आभूषण महासंघका अध्यक्ष महर्जनको आज विहान ११ बजेको समयमा मेडसिटी अस्पतालमा कोरोना भाइरसको संक्रमणबाट निधन भएको हो ।

राजनीति र समाजसेवामा सक्रिय महर्जन ललितपुरका स्थायी बासिन्दा हुन् । गत स्थानीय तहको निर्वाचनमा साझा पार्टीको समर्थनमा ललितपुर महानगरपालिकाको मेयर पदमा उम्मेदवार बनेका थिए ।

अत्याधिक ज्वारो आएका कारण गत असोज २६ मा पिसिआर परीक्षण गराउँदा आफू र श्रीमतीलाई कोभिड–१९ पोजिटीभ देखिएको स्टाटस सामाजिक सञ्जालमै पोष्ट गरेका थिए । ५६ वर्षीय महर्जनकी श्रीमती तथा एक छोरा र दुई छोरी छन् ।
समाजसेवा र राजनीतिमा सक्रिय महर्जनले सुनचाँदी व्यवसायीहरुको साझा संस्थामा अभिभावकको भूमिका रहेर काम गर्दै आएका थिए । श्रेष्ठको निधनमा सुन चाँदी व्यवसायीहरु स्तब्ध बनेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*