न्यादी हाइड्रोपावरको शेयर बाँडफाँड सम्पन्न, नतिजा केहिबेरमा सार्वजनिक

५ कार्तिक २०७८, शुक्रबार ०९:२८

न्यादी हाइड्रोपावरको साधारण शेयर[आईपीओ) आज बाँडफाँट भएको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालय नक्सालमा आईपीओ बाँडफाँट गरिएको हो । सर्वसाधारणका लागि छुट्याइएको २० लाख ९२ हजार ५०० कित्ता शेयर गोलाप्रथाबाट २ लाख ९ हजार २ सय ५० जनाले १०–१० कित्ताका दरले पाएका छन् ।

न्यादी हाइड्रोपावरले असोज १५ गतेदेखि १९ गतेसम्म २२ करोड ५० लाख रुपियाँ बराबरको आईपीओ निष्काशन खुला गरेको थियो । २२ लाख ५० हजार कित्ता कुल निष्काशन मध्ये २ प्रतिशत अर्थात ४५ हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १ लाख १२ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी २० लाख ९२ हजार ५०० कित्ताका लागि सर्वसाधारणहरुले आवेदन दिन पाइने व्यवस्था थियो ।

न्यादीले लमजुङ जिल्लामा ३० मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*