सुन तोलामा ४ सय रुपैयाँले बढ्यो, प्रतितोला कति ?

७ कार्तिक २०७८, आईतवार १२:१३

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज तोलामा ४ सय रुपैयाँँले बढेको छ ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार १ सय रुपैयाँ र तेजाबि सुनको मूल्य प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार भने छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार ७ सय रुपैयाँ र तेजाबि सुनको मूल्य प्रतितोला ९१ हजार २ सय रुपैयाँ कायम गरिएको थियो ।

त्यस्तै, शुक्रबार प्रतितोला १ हजार २५० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार भने १० रुपैयाँले बढेर प्रतितोला १ हजार २६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*