थप ५५७ जनामा कोरोना संक्रमण, ८७७ जना संक्रमित निको भए

७ कार्तिक २०७८, आईतवार १७:१७

काठमाडौं । आज थप देशभर ५५७ जनामा कोरोना संक्रमण पुष्टि भएका छन् ।स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ६१ जनामा पीसीआर परीक्षण गर्दा ५५२ जना र १ हजार १६४ जनाको एन्टिजेन परीक्षण गर्दा ३५ जनामा कोरोना संक्रमित पुष्टि भएको हो ।

त्यस्तै, पछिल्लो २४ घण्टामा देशभरबाट ८७७ जना संक्रमणमुक्त भएका छन भने ३ जना संक्रमितको मुत्युु भएको छ । हाल देशभर १० हजार २०१ जना संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*