सुनको मूल्य उकालोतर्फ, कतिमा हुँदैछ कारोबार ?

९ कार्तिक २०७८, मंगलवार ११:५०

काठमाडौं । साताको तेस्रो दिन सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको छ । हिजो सोमबार ३०० रुपैयाँले बढको सुन आज मंगलबार तोलामा २०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ६०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो भने छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ४०० र तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ९०० रुपैयाँ कायम गरिएको थियो ।
त्यस्तै सोमबार १ हजार २६५ रुपैयाँमा कारोबार भएको चाँदी आज मूल्य स्थीर रही सोही मूल्यमा नै खरिदबिक्री भइरहेको महासंघले जनाएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*