सल्यानमा बीमा जनचेतनामुलक कार्यक्रम सम्पन्न, घर बीमा अनिवार्य गर्ने मेयरको प्रतिवद्धता

९ कार्तिक २०७८, मंगलवार १८:३८

काठमाडौं । सल्यानमा बीमा जनचेतना कार्यक्रम सम्पन्न भएको छ। बीमामा समितिका उप-निर्देशक केशव प्रसाद दाहालको संयोजकत्वमा सहायक निर्देशक निश्चल बाँनिया र राम कोँजुको प्रदेश नं. ६ मा जनचेतनामूलक कार्यक्रमआजदेखि शुभारम्भ गरिसकेको छ।

बीमा समितिका उप–निर्देशक केशव प्रसाद दाहालको संयोजकत्वमा बनेको टोलिको सल्यानको कार्यक्रम आज सकिएसकेको छ, भने रुकुम पश्चिममा ११ गते, रुकुम पूर्वमा १२ गते, जाजरकोटमा १४ गते र दैलेखमा १६ गते कार्यक्रम गर्ने भएको छ।कार्यक्रममा प्रमुख अतिथि सल्यानका मेयर सुरेश अधिकारी, उपमेयर सरिता बस्नेत, स्थानीय निकायका जनप्रतिनिधिहरु, बैंक बीमा कम्पनीका स्थानिय तहमा रहेका शाखा कार्यालयका प्रमुखहरु, शिक्षक, स्थानीय उद्योगी व्यापारी, बीमा अभिकर्ता, किसान महिला तथा सर्वसाधारणको सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि सल्यान शारदा नगरपालिकामा नगरप्रमुख सुरेश अधिकारीले घरबीमाको लागि निति निमार्ण लागु गरि नगरपालिकामा सम्पती बीमा अनिवार्य रुपमा लागु गराउने उनले प्रतिवद्धता व्यक्त गरेका थिए ।
कार्यक्रममा उपस्थितहरुले कृषि बीमाको जटिलताको बारेमा बीमा समितिसम्क्ष आफनो समस्या प्रस्तुत गरेका थिए । कार्यक्रममा उपस्थित स्थानिय कृषकले बयर जातको खसीको बीमामा किसानहरु मर्कामा परेको कुरा व्यक्त गरेका थिए । वयर जातको खसीको २५ हजार भन्दा माथि बीमा नभएको कारण यस बिषयमा बीमा समितिले के गर्ने सकिन्छ यस बिषयमा ध्यानाकर्षण गराएको छ । त्यस्तै, कोरोना बीमा दाबी भुक्तानीको प्रकृयालाई छिटो र छरिटो बाटो रोज्न बीमा समितिलाई आग्रह गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*