राष्ट्रिय बीमा संस्थानको बीमाशुल्क अब ईसेवामार्फत भुक्तानी गर्न सकिने

१० कार्तिक २०७८, बुधबार १५:४७

काठमाडौं । राष्ट्रिय बीमा संस्थानको बीमा शुल्क अबदेखि ईसेवामार्फत पनि भुक्तानी गर्न सकिने भएको छ । योसँगै राष्ट्रिय बीमा संस्थानमा बीमा गरेका बीमितले आफ्नो नियमित बीमा शुल्क ईसेवाको मोबाइल एप्स तथा इन्टरनेटबाट सहजै भुक्तानी गर्न सकिने कम्पनीले बताएको छ ।

संस्थानका प्रशासक कवि पाठ र इसेवाका प्रमुख रणनीतिक अफिसर रोशन लामिछाने उक्त सम्झौतपत्रमा हस्ताक्षर गरेका हुन् । यस्तै, ईसेवामा एकाउन्ट नभएका ग्राहकले ईसेवाका देशभर रहेका कुनै पनि जोन पोइन्टमार्फत बीमा शुल्क भुक्तानी गर्न सकिनेछ ।

संस्थानका प्रशासक कवि प्रसाद पाठकले भने , ‘बीमितहरुलाई वेभ वेस सर्भिसमा जोड्न सकिरहेको थिएन् । पछिल्लो समय हामीले विभिन्न अनलाईन भुक्तानीको माध्यबाट बीमितिलाई जोडिन पाएका छौ ।’ यसले बीमितलाई बीमाशुल्क भुक्तानीमा थप सहयोग मिलेको छ।

बीमितिहरुको सहजताको लागि साउनको पहिलो सातामा अनलाईन मार्फत बीमितिहरुलाई जोड्न कनेक्ट आइपीएसमा जोडिएका थियो । कनेक्ट आइपीएसमा जोडिए पनि बीमितहरुको माग इसेवा र आइएमई पेमेन्टमा बढी भएको कारण ईसेवासँग जोडिएका छौ । आगामी दिनमा अन्य अनलाईन सेवा प्रदायकहरुसँग पनि थप सहकार्य गर्ने योजना रहेको उनले बताए ।

संस्थानकोे प्रिमियम अनलाइनमार्फत भुक्तानी गर्न सकिने सेवाको सुरूवात भएसँगै इसेवाका प्रमुख रणनीतिक अफिसर रोशन लामिछाने भने, ‘हामीले पछिल्ला दिनमा जीवन बीमाको प्रिमियम बुझाउन काउन्टर तथा एजेन्टसम्म पुग्नुपर्ने बाध्यतालाई अन्त्य गर्नका लागि यो सेवा सुरु गरेका हौँ । यस किसिमको सहकार्यले बीमितहरूले घरमै बसेर सजिलै सँग प्रिमियम भुक्तानी गर्न सक्नुहुनेछ ।’

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*