सुन ४ सय रुपैयाँले बढ्यो, कतिमा हुदैछ कारोबार ?

११ कार्तिक २०७८, बिहीबार ११:४१

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । हिजो तोलामा ६ सय रुपैयाँले घटेको सुन आज भने ४ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूूल्य प्रतितोला ९२ हजार ४ सय रुपैयाँ र तेजावी सुनकोे मूल्य प्रतितोला ९१ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार भने छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ५ सय रुपैयाँ कायम गरिएको छ ।
त्यस्तै, हिजो प्रतितोला १ हजार २५० रुपैयाँमा कारोेबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*