थप ५९१ जनामा कोरोना संक्रमण पुष्टि, ६६४ जना संक्रमणमुक्त
काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ५९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार ८ हजार ४४८ जनामा पीसीआर परीक्षण गर्दा ५२७ जनामा र २ हजार ५०७ जनामा एन्टिजेन परीक्षण गर्र्दा ६४ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै बिहिबार पछिल्लो २४ घण्टामा २ जना संक्रमितको मृत्यु भएको छ भने ६६४ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर १० हजार २३६ जना संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।