सुन तोलामा सय रुपैयाँले बढ्यो, प्रतितोला कति ?
काठमाडौं । नेपाली बजारमा आज सुन मूल्य तोलामा १ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार ८ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो भने छापावाला सुुनको मूल्य प्रतितोला ९१ हजार ७ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार २ सय रुपैयाँ कायम गरिएको थियो ।
त्यस्तै, आइतबार प्रतितोला १ हजार २४० रुपैयाँमा कारोबार भएको चाँदी आज भने ५ रुपैयाँ बढेर १ हजार २४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।