नेपाल हाइड्रो डेभलोपरको अध्यक्षमा कुमुद कुमार दुगड नियुक्त
१६ कार्तिक २०७८, मंगलवार ११:०८

काठमाडौं । नेपाल हाइड्रो डेभलोपर लिमिटेडको संचालक समितिको अध्यक्षमा अध्यक्षमा कुमुद कुमार दुगड नियुक्त भएका छन् ।
कम्पनीको कात्तिक १५ गते बसेको संचालक समितिको ६८ औं बैठकले संचालक समितिका सदस्य दुगडलाई अध्यक्ष पदमा चयन गरेको हो ।
साथै सोही मितिमा बसेको संचालक समितको ६७ औं बैठकले रिक्त रहेको संचालक पदमा शेयरधनी निभिता प्रधानलाई बाँकी अवधिको लागि नियुक्त गरेको छ ।