सुन तोलामा ५ रुपैयाँले घट्यो, प्रतितोला कति ?
१७ कार्तिक २०७८, बुधबार ११:४१

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य ९१ हजार ५ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो भने छापावाला सुनको मूल्य प्र्रतितोला ९२ हजार रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ५ सय रुपैयाँ कायम गरिएको थियो ।
त्यस्तै, मंगलबार प्रतितोला १ हजार २५० रुपैयाँमा कारोबार भइरहेको चाँदी आज भने तोला २५ रुपैयाँले घटेर प्रतितोला १ हजार २२५ रुपैयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।