सुन तोलामा ५ सय रुपैयाँले घट्यो, कतिमा हुदैछ कारोबार ?

१८ कार्तिक २०७८, बिहीबार १२:२०

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ । बुधबार प्रतितोला ५ सय रुपैयाँले घटेको सुनको मूल्य आज पनि पाँच सय रुपैयाँ घटेर कारोकार भएको छ ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो भने छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार ५ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार रुपैयाँमा कायम गरिएको थियो ।

त्यस्तै, बुधबार प्रतितोला १हजार २२५ रुपैयाँँमा कारोबार भइरहेको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*