अब एटिएमबाट कार्डबिनै एनआईसी एशिया बैंकबाटै रकम झिक्न मिल्ने

२१ कार्तिक २०७८, आईतवार १५:५३

एनआईसी एशिया बैंकले बैंक एप प्रयोग गरी एटिएमबाट कार्डबिनै नगद झिक्न सक्ने सुविधा ल्याएको छ । बैंकमा खाता खोली मोबाइल बैंकिङ सेवा लिएका ग्राहकले देशभर सेवाग्राहीले प्रयोग गरी जुनसुकै समयमा नगद निकाल्न सक्नेछन् ।

साथै यस सुविधा मार्फत बैंकको एनआईसी एशिया मोबैंक प्रयोगकर्ताले एपभित्र रहेको कार्डलेस वीथड्र आइकनमा ट्याप गरेर त्यसभित्र आफूले निकाल्न चाहेको रकम निधारण गनुपेर्न हुन्छ ।

त्यसपश्चात् ट्रान्जेक्सन पिन वा फिंगर प्रिन्ट राखेर प्रमाणित गरेपछि बैंक खातामा दर्ता भएको मोबाइल नम्बरमा ओटीपी प्राप्त गर्न सकिने व्यवस्था गरिएको बैंकले जारी गरिएको विज्ञप्तीमा उल्लेख छ ।

। सोही ओटीपी एटीएमको स्क्रिनमा रहेको कार्डलेस ट्रान्जेक्सनभित्र गई आफूले निकाल्न चाहेको रकम पुनः उल्लेख गरी वीथड्र आइकनमा थिचेपछि इच्छाएको नगद रकम प्राप्त हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*