आकासियो सुनको भाउ, एकैदिन तोलामा १५ सय रुपैयाँ बढ्यो

२२ कार्तिक २०७८, सोमबार ११:५८

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य भारी अंकले उकालो लागेको छ । तिहार बिदा लग्त्तै खुलेको बजारमा सुनको मूल्य तोलामा एकैदिन १ हजार ५ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ५ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

गत बिहिबार भने छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ५ सय रुपैयाँ कायम गरिएको थियो ।
त्यस्तै, बिहिबार प्रतितोला १ हजार २२५ रुपैयाँमा कारोबार भएको चाँदी आज भने तोला २५ रुपैयाँले बढेर प्रतितोला १ हजार २५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*