थप ३९० जनामा कोरोना संक्रमण पुष्टि, ५ जना संक्रमितको मुत्यु

२२ कार्तिक २०७८, सोमबार १७:०४

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ३९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार २ हजार ६०६ जनामा पीसीआर परीक्षण गर्दा ३७१ जनामा र २ हजार ४२० जनामा एन्टिजेन परीक्षण गर्दा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, देशभर पछिल्लो २४ घण्टामा ५ जना संक्रमितको मूत्यु भएको छ भने ४२५ जना कोरोनामुक्त भएका छन् । हाल देशभर ७ हजार ६५४ जना संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*