हर्षोल्लासपूर्वक छठ पर्व मनाइदै, देशैभरिका नदि किनारामा भिड

२४ कार्तिक २०७८, बुधबार १५:१४

काठमाडौं । आज छठ पर्व देशका विभिन्न स्थानमा हर्सोल्लासका साथ मनाइँदै छ । नेपालको तराई मधेशमा विशेष रुपमा मनाइने छठ पर्वमा सुख समृद्धिको शुभ कामना आदान प्रदान समेत भइरहेको छ ।

चार दिनसम्म मनाइने छठपर्वमा ब्रतालुहरु पहिलो दिन नुहाएर अरबा अरबाईन भोजन गर्ने गर्छन् । दोस्रो दिनको साँझ प्रसादको रुपमा रुपमा चामल, सक्खर र दुध मिलाएर बनाएको खिर ग्रहण गरी खरना मनाउने गर्दछन् ।

साथै तेस्रो दिन अर्थात् आज छठपर्वको दिन मुख्यगरी अस्ताउँदो सूर्यलाई अर्घ दिन तयार पारेको पूजा सामाग्री नदि तथा तलाऊको घाटमा लगेर पूजा गर्ने गरिन्छ भने चौथो दिन बिहान उदाउँदो सूर्यको अर्घ दिएपछि छठपर्वको विधिवत सम्पन्न हुन्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*