महँगिदै सुनको मूल्य, कति रुपैयाँले बढ्यो आज ?

२८ कार्तिक २०७८, आईतवार ११:३१

काठमाडौं । आज साताको पहिलो दिन आईतबार नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ । लगातार उकालो लागि रहेको सुनको मूल्य आज पनि तोलामा २ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार ६ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार भने छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार २ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ९ सय रुपैयाँ कायम गरिएको छ ।

त्यस्तै, शुक्रबार प्रतितोला १ हजार २८५ रुपैयाँमा कारोबार भइरहेको चाँदी आज भने तोलामा १० रुपैयाँले बढेर १ हजार २९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*