मुस्ताङको थासाङमा हिमपहिरो, भागदौडमा ७ जना घाईते
२८ कार्तिक २०७८, आईतवार १६:११
काठमाडौं । मुस्ताङको थासाङ गाउँपालिकाको कोवाङको याङदेल खर्कमा हिमपहिरो गएको हो ।एक्कासी हिमपहिरो आएपछि अमरसिंह माविका विद्यार्थीहरुको भागदौड मच्चिएको थियो । हिमपहिरोका क्रममा हावा बेगले चलेको बुझिएको छ ।
हिमपहिरो झरने क्रममा ६ जना विद्यार्थी घाइते भएको बुझिएको छ । घाइते विद्यार्थीहरुको उपचार भइरहेको छ ।मानवीय क्षति नभएपनि जनावरहरुलाई क्षति पुगेको हुनसक्ने आशंका गरिएको छ ।