सरुवा रोग नियन्त्रणका लागि भोलाभेलाको बिक्री सुरु

३० कार्तिक २०७८, मंगलवार १७:४६

काठमाडौं । श्री राज देवी इन्टरनेशनल प्रा.लि.ले नेपाली बजारमा भोलाभेला नामक नँया किटाणुनाशक उत्पादन ल्याएको छ ।

रसियास्थित जेएससी कन्सर्न ग्रयानीटद्वारा उत्पादित उक्त किटाणुनाशक उत्पादनले कोरोना, सार्स, हेपाटाइटिस ए, बी, सी, इको र एचआइभी जस्ता विभिन्न खतरनाक किटाणुहरु विरुद्ध अत्यन्त प्रभावकारी रहेको कम्पनीले जनाएको छ । र उक्त उत्पादन यस्ता किटाणुहरुविरुद्ध अन्यन्तै प्रभावकारी रहेको वैज्ञानिक रुपमा पुष्टि भइसकेको कम्पनीले बताएको छ ।

कम्पनीका अनुसार विशेष भौतिक रसायनिक गुणहरु भएको यस उत्पादनले यस्ता खालका किटाणुहरुबाट मानव स्वास्थ्यलाई सुरक्षित राख्दछ । साथै अत्यन्त न्यून एलर्जीको सम्भावना भएको भोलाभेल कुनै पनि वस्तुको माथिल्लो सतह, लुगा, मास्क र छालामा प्रयोग गर्न सकिन्छ ।
यसैगरी, सार्वजनिक स्थान, कार्यालय, सवारी साधन, अस्पताल, शैक्षिक संस्था आदिलाई किटाणुहरुबाट सुरक्षित राख्न पनि यो उपयोगी रहेको कम्पनीले एक विज्ञप्ति जारी गर्दै उल्लेख गरेको छ ।

साथै राज देवी इन्टरनेशनलको अनुसार नेमाउकस्टिक नोजलको विशेषताले सम्पन्न भोलाभेल प्रयोग गर्दा हानिकारक रसायनले स्वासप्रस्वासको माध्यमबाट प्रयोगकर्ताको स्वास्थ्यमा नकारात्मक असर पार्ने सम्भावना निकै कम हुन्छ ।

“विगत २ वर्षदेखि नेपाल लगायत विश्वका धेरै मुलुकहरु कोरोना महामारीबाट पीडित भइरहेका छन् । यसै सन्दर्भमा अल्कोहलमुक्त भोलाभेलले यस कीटाणुबाट चौबिसै घण्टा सुरक्षा प्रदान गर्दछ,” श्री राज देवी इन्टरनेशनल प्रा.लि.का प्रबन्ध निर्देशक पवन कुमार गर्गले भने । “नेपाली उपभोक्ताहरुको स्वास्थ्यलाई कोरोना महामारीबाट प्रभावकारी रुपमा सुरक्षित राख्ने ध्येयले हामीले यस उत्पादन नेपालमा भित्र्याएका हौ ।”

यो उत्पादन नेपाल ल्याउनको लागि नेपाल स्थित रसियन दुतावासको सहयोग रहेको छ । धेरै वर्षपछि नेपाल र रसियाको सिधा व्यापारिक सम्पर्क सुरु भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*