थप ४१२ जनामा कोरोना संक्रमण पुष्टि, २०२ जना निको
काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ४१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार आज १० हजार १ सय ६ जनाको पीसीआर परीक्षण गर्दा ३६३ जनामा र १ हजार ८८७ जनामा एन्टिजेन परीक्षण गर्दा ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यस्तै, बुधबार पछिल्लो २४ घण्टामा थप १ जना संक्रमितको मूत्यु भएको छ भने २०२ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ७ हजार ६३६ जना संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।