गुल्मीका जनताको स्वास्थ्य बीमामा आकर्षण बढ्दै, ७२ हजार जनता स्वास्थ्य बीमामा आबद्ध

२ मंसिर २०७८, बिहीबार २३:५०

काठमाडौं । गुल्मी जिल्लामा स्वास्थ्य बीमा बीमा कार्यक्रम प्रभावकारी बन्दै गएको छ । नागरिकलाई स्वास्थ्य उपचारमा सहज पहुँच र स्वास्थ्य सेवाको सुनिश्चता गर्ने उद्देश्यसहित २०७६ माघ २१ गतेदेखि गुल्मीमा सुरु भएको यो कार्यक्रम प्रभावकारी बन्दै गएको हो ।

स्वास्थ्य बीमा बोर्डले जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम सुरु भए देखि गत असोज मसान्तसम्ममा जिल्लामा ७२ हजार ६०५ जनाले स्वास्थ्य बीमा गराएका छन् । जिल्लामा सबैभन्दा बढी स्वास्थ्य बीमा गराउनेमा रेसुंगा नगरपालिकामा १२ हजार ५७५ र सबैभन्दा कम गराउनेमा मदाने गाउँपालिकामा एक हजार ६३ जना रहेको स्वास्थ्य बीमा बोर्ड गुल्मीले जनाएको छ । स्वास्थ्य बीमा गराउनेको संख्यामा वृद्धि भएसँगै हाल अस्पतालमा उपचार गराउन आउनेको संख्या पनि बढेको छ ।

स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत ५ जनासम्म सदस्य रहेको परिवारले ३ हजार ५ सय रुपैयाँमा वार्षिक १ लाख र सो भन्दा बढी भएमा प्रतिव्यक्ति ७ सय रुपैयाँका दरले प्रतिसदस्य २० हजार रुपैयाँ बराबरको स्वास्थ्य सेवा लिन सकिने भएकोले जनताको आकर्षण बढ्दै गएको मदाने गाउँपालिका फुर्कोटदह गुल्मीमा अध्यक्ष दान बहादुर केसीले बीमापोष्टलाई बताए । सो गाउँपालिकाका जनतामा बीमाबारे कम ज्ञान भएकोले स्वास्थ्य बीमा सेवा सोचेजति प्रभावकारी हुन नसके पनि जनतामा अब चेतना बृद्धि हुँदै गएकोले आगामी दिनमा अझै बढ्ने बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*