सुन तोलामा २ सय रुपैयाँले बढ्यो, प्रतितोला कति ?
६ मंसिर २०७८, सोमबार ११:२६

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य सामान्य वृद्धि भएको छ । आज सुन तोलामा २ सय रुपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार ९ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला र तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आतबार भने छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार ७ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार २ सय रुपैयाँ कायम गरिएको थियो ।
त्यस्तै, आइतबार प्रतितोला १ हजार २६० रुपैयाँमा कारोबार भइरहेको चाँदी आज भने तोलामा १० रुपैयाँले बढेर १ हजार २७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।