डिसेम्वर १ देखि विश्वभरकालाई प्रवेश दिने अष्ट्रेलिया सरकारको निर्णय, ३००० भन्दा बढि भिषा लागेका नेपालीहरु उड्न पाउने

७ मंसिर २०७८, मंगलवार ०३:१८

काठमाडौं । कोभिड १९ को संक्रमणका कारण यात्रामा प्रतिबन्ध लगाएको अष्टे«लियाले डिसेम्बर १ गतेदेखि लागु हुने गरी प्रतिबन्ध हटाउने निर्णय गरेको छ । यस्तो निर्णयसँगै आगामी डिसेम्वर १ बाट विश्वभरबाट अष्ट्रेलिया प्रवेश पाउनेछन् । तर, अष्ट्रेलिया छिर्नको लागि पूर्ण मात्राको खोप भने लगाएको हुनुपर्नेछ । कोभिड १९ विरुद्धको पूर्ण मात्रा खोप लगाएका तथा अष्टे«लियाको भिसा भएका जो कोहीलाई पनि प्रवेश गर्ने त्यहाँको गृहमन्त्रालयले जनाएको छ ।

साथै अष्ट्रेलिया सरकारको आन्तरिक मामिला विभागले २८ प्रकारका योग्यता भिसा बाहकलाई अष्ट्रेलिया प्रवेशमा छुट रहेको आफ्नो वेभसाइटमा उल्लेख गरेको छ । अष्ट्रेलियाका लागि प्रस्थान गर्नु तीन दिन अगाडि आरटी परिक्षण गर्दा नेगेटिभ भएको प्रमाणपत्र भने अनिवार्य गरिएको छ ।

अष्ट्रेलियाले आफ्नो देशमो प्रवेश खुल्ला गरेपनि स्थानीय राज्य सरकारको फरक फरक नियमका कारण क्वारेन्टाईनमा बस्नुपर्ने हुनसक्ने जनाइएको छ । न्यू साउथ वेल्स, भिक्टोरिया तथा राजधानी क्षेत्रमा यात्रुहरु विना क्वारेन्टाइन प्रवेश पाउने छन् । हाल विश्वभर २ लाख अष्टे«लियाको भिसा बहाकहरु अष्टे«लिया प्रवेशको पर्खाइमा छन् । उनीहरुको प्रवेशले कोरोना महामारीका कारण तनावपूर्ण अवस्थाबाट गुज्रेको त्यहाँको अर्थतन्त्र चलायमान हुने अनुमान गरिएको छ ।

अष्टेलिया प्रवेशका लागि चिनियाँ भेरोसेल खोप लगाएकाहरुलाई भने प्रवेश सहज छैन । अस्ट्राजेनेका, फाइभर वायो एनटेक, मोडर्ना स्पाइभ्याक्स, सिनोभ्याक कोरोना भ्याक, भारत वायोटेक कोभ्याक्सिन सिनोफार्मा बीबीआइबीपी कोर्भीको दुई मात्र वा जोन्सन एण्ड जोन्सनको कोभिड भ्याक्सिनको एक मात्रा लगाएर ७ दिन कटेका हुनु जनाइएको छ ।

नयाँ व्यवस्था अनुसार १२ वर्ष भन्दा मुनिका बालबालिकाले खोप नलगाएको पनि प्रवेश पाउने छ भने १२ वर्ष देखि १७ बर्ष मुनिका उमेर समूहले नलाएका वा पहिलो मात्रा लगाएकाले पनि पाउन तर उनीहरुको अभिभावकले पूर्ण मात्रामा खोप लगाएको हुनुपर्ने नियम बनाइएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*