एकै दिन १ हजार ६ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
७ मंसिर २०७८, मंगलवार ११:३२

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ । आज सुन तोलामा १ हजार ६ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी ब्यवसाय महासंघले आज छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ३ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो भने छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार ९ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ४ सय रुपैयाँ कायम गरिएको थियो ।
त्यस्तै, सोमबार प्रतितोला १ हजार २७० रुपैयाँमा कारोबार भइरहेको चाँदी मंगलबार तोलामा १५ रुपैयाँले घटेर १ हजार २५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।