३२ अंकले घट्यो नेप्से, कारोबार चार अर्बमा सीमित

७ मंसिर २०७८, मंगलवार १५:०९

काठमाडौं । नेपालको बैंकिङ सिष्टममा आएको तरलता समस्याको प्रभाव शेयर कारोबारमा देखिएको छ । शेयर कारोबार पछिल्लो समय घट्ने क्रममा रहेको छ ।

साताको तेस्रो दिन मंगलबार नेप्से ३२.३१ अंकले घटेर २७३३.१२ अंकमा सीमित भएको छ । नेप्सेमा समग्र शेयरको मूल्यमा गिरावट आएकोको छ । उप समुहहरु अन्य बाहेक सबै राताम्मे छन् । मंगलबार सबैभन्दा बढि फाइनान्स ३.४ प्रतिशतले घटेको छ । त्यस्तै, जलविद्युत क्षेत्र २.३४ प्रतिशतले तल झरेको छ भने विकास बैंक २.२३ प्रतिशतले तल झरेको छ । अन्य उप समुहको शेयर मूल्य भने ०.९४ प्रतिशतले बृद्धि भएको छ ।

मंगलबार कूल चार अर्ब १६ करोड ५८ लाख ९६ हजार ५७८ रुपैयाँको शेयर कारोबार भएको छ । आज २२७ वटा कम्पनीको कूल ७४ लाख ४८ हजार ३६६ कित्ता शेयर खरिद बिक्री भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*