थप ३५१ जनामा कोरोना संक्रमण पुष्टि, ९ जनाको मूत्यु

७ मंसिर २०७८, मंगलवार १६:४७

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ३५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार ८ हजार ७२९ जनामा पीसीआर परीक्षण गर्दा ३१३ जनामा र १ हजार ४४५ जनामा एन्टिजेन परीक्षण गर्दा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, मंगलबार पछिल्लो २४ घण्टामा ९ जना संक्रमितको मूत्यु भएको छ भने २७३ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ७ हजार ३ सय सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*