सुन र चाँदी दुबैमा गिरावट, कतिमा हुदैछ कारोबार ?

१४ मंसिर २०७८, मंगलवार ११:३५

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ । आज सुन तोलामा १ सय रुपैयाँले घटेको हो ।नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मुल्य प्रतितोला ९१ हजार ९ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो भने छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ र तेजावी स्ुनको मूल्य प्रतितोला ९१ हजार ५ सय रुपैयाँ कायम गरिएको थियो ।

त्यस्तै, सोमबार प्रतितोला १ हजार २२० रुपैयाँमा कारोबार भइरहेको चाँदी मंगलबार भने तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १ हजार २०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*