सिन्धुलीमाडीको हार्डवेयर गोदाममा आगलागी, करोडको क्षती

१४ मंसिर २०७८, मंगलवार १९:१६

काठमाडौं । सिन्धुलीको कमलामाई नगरपालिका वडा न ६ रातमाटामा आगलागी भएको छ । शाह आयरन एण्ड इलेक्ट्रिक सेन्टरबाट सुरु भएको आगलागी ५ घण्टा पछि नियन्त्रणमा आउदा करोडौं धनमान जलेर नष्ट भएको छ ।

आगो नियन्त्रण लिन रामेछाप जिल्ला, दुधौली नगरपालिका र कललामाई नगरपालिकाको गरी ३ वटा दमकल प्रयोग पछि नियन्त्रणमा आएको हो । आगलागीमा परी हार्डवेयरको गोदाममा प्रज्वलनशी सामान तथा पाइप, प्लाष्टिक, प्लाइउड लगायत करोडौं धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । उक्त आगो हाइवेयर हुदै नजिकै रहेको कनिस्का ईन्टरप्राएजेज गोदाममा समेत फैलिदा मदिरा चाउचाउ बिस्कुट र पेय पदार्थ गरी १ करोड बराबरको समान जलेर नष्ट भएको छ ।

सेना, प्रहरी, स्शस्त्र, नगर प्रहरी र स्थानिय संयुक्त रुपमा आगोले नभेटेको सामान जोगाउन स्वयंसेवी भइ काम गरेका थिए ।
शाह आयरन एण्ड इलेक्ट्रिक सेन्टरबाट विद्युत सर्ट भएर आगलागी भएको जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*