थप २०५ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु

१९ मंसिर २०७८, आईतवार १६:०९

काठमाडौं । आइतबार देशभर पछिल्लो २४ घण्टामा थप २०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज ७ हजार ९९५ जनामा पीसीआर परीक्षण गर्दा २ सय जनामा र २ हजार ७५२ जनामा एन्टिजेन परीक्षण गर्दा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, आज पछिल्लो २४ घण्टामा थप १ जना संक्रमितको मृत्यु भएको छ भने ४३६ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ६ हजार ५०७ जना संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*