नेपालमा भित्रियो कोरोनाको ओमिक्रोन भेरियन्ट, दुई जनामा संक्रमण पुष्टि

२० मंसिर २०७८, सोमबार १३:३२

काठमाडौं । विश्वभर फैलिदै गरेको कोरोना भाइरस नेपालमा पनि भित्रिएको पुष्टि भएको छ । कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट संक्रमित २ जना फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार ६६ वर्षीय विदेशी नागरिक र उनको सम्पर्कमा आएका ७१ वर्षीय व्यक्तिलाई ओमिक्रोन भेरियन्ट देखिएको हो । उनीहरू दुवैले कोरोना भाइरसविरुद्धको खोपको पूर्ण मात्रा लगाएको र पीसीआर रिपोर्ट नेगेटिभसहित नेपाल प्रवेश गरेको स्वास्थ्य मन्त्रालयको भनाई छ ।

तीव्र गतिमा फैलने क्षमता भएको ओमिक्रोन यसअघिको कोरोना भाइरस भन्दा निकै घातक रहेको वैज्ञानिकहरुले चेतावनी दिएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*