विश्व बैंकको सहयोगमा दुई अक्सिजन प्लान्ट सञ्चालनमा

२१ मंसिर २०७८, मंगलवार ००:२६

काटमाडौं । विश्व बैंकको आर्थिक तथा प्राविधिक सहयोगबाट निर्माण भएको २ वटा अक्सिजन प्लान्ट संचालनमा आएका छन् ।

विश्व बैकले लुम्बिनी प्रादेशिक अस्पताल र प्रदेश नम्बर २ को जनकपुर प्रादेशिक अस्पतालमा निर्माण गरेको अक्सिजन प्लान्टहरु सञ्चालनमा आएको हा । आज एक कार्यक्रमका बीचमा उक्त अक्सिजन प्लान्ट प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ ।

त्यस्तै विश्व बैंककै सहायतामा निर्माण गरिएका अक्सिजन प्लान्ट डिसेम्बर २० बाट बाँकी ५ वटा प्रदेशका अस्पातालहरुमा पनि संचालनमा आउने छन् । कोभिड १९ को समयमा उत्पन्न अस्पतालमा हुने अक्सिजन अभावलाई उक्त प्लान्टले समाधान गर्ने विश्वास बैकले लिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*