बहुराष्ट्रिय कम्पनी डाबर नेपाल लागू औषधको कारोबारमा संलग्न ! ३५ कार्टुनमा १८५ केजी चरेस बरामद

२० मंसिर २०७८, सोमबार २२:४९

काठमाडौं । बहुराष्ट्रिय कम्पनी डाबर नेपाल प्रतिबन्धित चरेस कारोबारमा संलग्न रहेको तथ्य भेटिएको छ । कम्पनीले उत्पादन गरेको बहुचर्चित उत्पादन च्यवनप्रासको सिलप्याक बट्टाभित्र माथि च्यवनप्रास र तलपट्टि चरेस हालेर बिक्री ओसार पसार गर्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको आज प्रकाशित आर्थिक दैनिकले जनाएको छ ।

समाचार अनुसार ३२ वटा कार्टुनमा ११२ वटा च्यावनप्रास भित्र १८५ किलो ३५० ग्राम चरेस भेटिएकोले कम्पनीका केही अधिकारीहरुको यसमा संलग्नता हुनसक्ने चितवन प्रहरी प्रवक्ता नरहरी अधिकारीले आशंका ब्यक्त गरेका छन् । अधिकारीका अनुसार कार्टुन र बट्टाबाहेक १४५ किलो चरेस बरामद भएको छ ।

प्रहरीले सो मात्रामा चरेश २३ दिन अघि नै पक्राउ गरेको भएपनि गोप्य रुपमा अनुसन्धान गरेको छ । सो क्रममा डाबर नेपालकै उच्च पदस्थ व्यक्तिहरु संलग्न रहेको आशंकामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*