नेपाल पेमेन्ट सोलुसन्स र मन्जुश्री फाइनान्सबीच सम्झौता
२१ मंसिर २०७८, मंगलवार १५:३९

काठमाडौं । नेपाल पेमेन्ट सोलुसन्सले आफ्नोे डिजिटल इकोसिस्टम बिस्तार गर्दै मन्जुश्री फाइनान्स लिमिटेडसँग सहकार्यको लागि सम्झौता गरेको छ ।
सोलुसन्स सीएक्सओ प्रताप श्रेष्ठ र बिजनेश डेभलपमेन्ट म्यानेजर सिमन श्रेष्ठ, तथा फाइनान्सका प्रमुख कार्यकारी अधिकृत सन्तोष निरौला र आइटि हेड सुनिल शाहीले आ–आफ्ना्े संस्थाको प्रतिनिधित्व गर्दै सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौता पश्चात सोलुसन्सले फाइनान्ससँग डिजिटल इकोसिस्टम बिस्तार गरेसँगै मन्जुश्री फाइनान्स लिमिटेडसँग आवद्ध ग्राहकहरुले नेपाल पेमेन्ट सोलुसन्सको चेक आउट, वन लिन्क, फन्ड ट्रान्सफर, लिंक अकाउन्ट, लोड वालेट सेवा उपयोग गर्ने पाउने छन् । सोलुसन्सले यी सेवाहरु डिजिटल वालेट, रेमिट्यान्स कम्पनीहरु मार्फत उपलब्ध गराएको हो ।