थप ३१५ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु

२१ मंसिर २०७८, मंगलवार १९:२०

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ३१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ९ हजार ३८६ जनामा पीसीआर परीक्षण गर्दा २७२ जनामा र २ हजार ४२४ जनामा एन्टिजेन परीक्षण गर्दा ४३ जनामा कोरोना संक्रमित पुष्टि भएको छ ।

त्यस्तै, मंगलबार पछिल्लो २४ घण्टामा २ जना संक्रमितको मृत्यु भएको छ भने ३०४ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ६ हजार ३५२ जना संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*