राष्ट्रिय वाणिज्य बैंक र ईसेवा मनी ट्रान्सफरबीच रेमिट्यान्स सम्बन्धी सम्झौता

२३ मंसिर २०७८, बिहीबार ११:०६

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र ईसेवा मनी ट्रान्सफर बीच रेमिट्यान्स भुक्तानी गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्भौतापश्चात अब विदेशबाट ईसेवामनी ट्रान्सफर मार्फत पठाएको रेमिट्यान्स् राष्ट्रिय वाणिज्य बैंकका सम्पूर्ण शाखाहरुबाट भुक्तानी गर्न सकिनेछ ।

उक्त सम्झौतापत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी र ईसेवामनी ट्रान्सफरका प्रमुख कार्यकारी निर्देशक अजेस कोइरालाले हस्ताक्षर गरेका हुन् ।

सम्झौता पश्चात विदेशमा रहेका नेपालीहरुले सिधै राष्ट्रिय वाणिज्य बैंकको खातामा पैसा पठाउन सकिने र ईसेवामनी ट्रान्सफरको सेवा उपभोग गर्न बैंकमा खाता भएका ग्राहकहरुले राष्ट्रिय वाणिज्य बैंकको मोबाइल एप आर.बि. बि स्मार्ट डाउनलोड गर्नु पर्नेछ ।

संसारका २ सय बढी मुलुकमाव्यापक रुपमा कारोबार विस्तार गरिरहेको रेमिट कम्पनी, ईसेवामनी ट्रान्सफर र मुलुककै अग्रणी वाणिज्य बैंक मध्येको एक राष्ट्रिय वाणिज्य बैंकका खाताग्राहीहरुले विदेशबाट पठाएको रेमिट्यान्स् सिधै आफ्नो बैंक खातामा प्राप्त गर्न सक्नेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*