सिटिजन्स बैंकले दियो दुई परिवारलाई बीमा वापतको रकम

२३ मंसिर २०७८, बिहीबार १४:२६

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले बीमा रकम भुक्तानी गरेको छ । बैंकको लघुवित्त परियोजनाअन्तर्गत तौलिहवा शाखाले सब्रुन निशाको मृत्युपछि उनको श्रीमान् जब्बर अली तेलीलाई ३ लाख ६५ हजार रुपैयाँ र फूलमती कोरीको मृत्युपछि उनका छोरा रामचन्द्र कोरीलाई ४ लाख ५४ हजार रुपैयाँ हस्तान्तरण गरेको हो ।

मृतक निशा र कोरीले बैंकको लघुवित्त परियोजनामा आबद्ध रही अनिवार्य रुपमा जीवन बीमा गराउनुपर्ने भएकाले बीमा गराएका थिए । उक्त योजनामा मृत्यु भएका ग्राहकको काजकिरिया खर्चसहित बैंकले बीमा कम्पनीमा रकम दाबी गरी सो रकम ग्राहकको परिवारलाई हस्तान्तरण गरेको हो ।

उक्त रकम बराबरको चेक बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले एक कार्यक्रमकाबीच मृतकको परिवारलाई हस्तान्तरण गरेको हो । बैंकले २ वटा प्रदेशका २१ वटा शाखा कार्यालयको लघुवित्त इकाईमार्फत् करिब १४ हजार विपन्न महिलालाई लघुवित्त बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*