मुक्तिनाथ विकास बैकको बार्षिक साधारण सभा आज, लाभांश प्रस्ताव मुख्य एजेण्डा

२५ मंसिर २०७८, शनिबार ०७:१०

काठमाडौं । मुक्तिनाथ विकास बैकको १५ औं वार्षिक साधारण सभा आज बस्दैछ । सभा होटल जलमहर घारिपाटन पोखरामा बिहान ९ बजे बस्ने भएको हो। सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १७।५७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०।९२५ प्रतिशत नगल लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै सभाले मुक्तिनाथ विकास बैंक र अन्य उपयुक्त संस्थासँग मर्जर तथा प्राप्तिका लागि संचालक समितिलाई अख्तियारी दिने, आर्थिक वर्षको वित्तीय प्रतिवेदन पारित गर्नेका साथै चालु आर्थिक वर्षका लागि लेखा परिक्षकको नियुक्ति र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*