आगामी साता भित्र मध्यभोटेकोशी जलविद्युतको शेयर नेप्सेमा सूचीकृत हुने

२५ मंसिर २०७८, शनिबार १०:४५

काठमाडौं । आगामी साता भित्र मध्यभोटेकोशी जलविद्युत कम्पनीको शेयर नेप्सेमा सूचीकृत हुने भएको छ। अर्को साता शेयर नेप्सेमा सूचीकृत गराउने तयारी भईरहेको कम्पनीले जनाएको छ। सीडीएससीमा काम गरेर अर्को साताभित्रै नेप्सेमा सूचीकृत गर्ने गरी प्रक्रिया अगाडि बढेको छ। आगामी बुधबारसम्म सेयर सूचीकृत भए अर्को साताबाटै सेयर कारोबारमा आउने सम्भावना रहेको कम्पनीले जनाएको छ।

कम्पनीले गत कात्तिक १२ गते आईपीओ बाँडफाँड गरेको थियो। मध्यभोटेकोशी कम्पनीले गत आसोज २० गतेबाट कुल ९० करोड रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको थियो।
जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ९० लाख कित्ता आईपीओ निष्कासन गरेको थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*