बैंकिङ कसुर मुद्धामा फरार रहेका सुनिला याखालाई नेपाल प्रहरी गर्यो पक्राउ

२६ मंसिर २०७८, आईतवार १८:५२

काठमाडौ । बैंकिङ कसुर मुद्धामा फरार रहेका एक जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ । मोरङको सुनसरी धरान उपमहानगरपालिका ७ की ७० वर्षिय सुनिला याखालाई प्रहरीले पक्राउ गरी कारागार चलान गरेको हो ।

याखालाई बिराटनगरको उच्च अदालतले २०७८ बैंशाख १६ गते बैंकिङ कसूर मुद्धामा १ वर्ष ६ महिना कैद र नगद ५ लाख ८ हजार ३३८ रुपैयाँ ३३ पैसा जरिवाना ठहर गरेको थियो । उक्त फैसाला पछि फरार रहेकी उनलाई प्रदेश न १ प्रहरी कार्यालय बिराटनगरले गाउँ मै लुमिछिपी बसेको अबस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*