सानिमा बैंकको नयाँ शाखा बलम्बुमा

२७ मंसिर २०७८, सोमबार ०७:१०

सानिमा बैंकको नयाँ शाखा बलम्बुमा

काठमाडौं । सानिमा बैंक लिमिटेडले थप नयाँ शाखा बिस्तार गरेको छ । बैंकले काठमाडौंका बलम्बुमा नयाँ शाखाको शुभारम्भ गरेको हो ।
उक्त शाखा कार्यालयको उद्घाटन सानिमा बैंकका अध्यक्ष तुक प्रसाद पौडेल र ब्रान्ड प्रबद्र्धक बरिष्ठ कलाकारद्धय मदन कृष्णा श्रेष्ठ र हरिवंश आचार्यले संयुक्त रुपमा गरेका थिए । बिस्तारित शाखाबाट बैंकले दिदै आइरहेका सम्पूर्ण बैंकिङ सेवा सुविधा प्रदान गर्न बैंकले जनाएको छ ।

थप एक शाखा बिस्तार गरेसँगै हाल देशभर ११८ शाखा कार्यालय र ९७ वटा एटिएम मार्फत बैंकिङ सेवा सुविधा दिदै आइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*