नारायणी डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा

२८ मंसिर २०७८, मंगलवार ०९:३४

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकका केही संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम संचालक समितिले बिक्री प्रक्रिया अघि बढाएको हो ।

संस्थापक शेयरधनीहरुले ४३ हजार ४८२ कित्ता शेयर बिक्रीका लागि आवेदन आह्वान गरेको हो । उक्त शेयर खरिद गर्न चाहाने संस्थापक शेयरधनीहरुले ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय रत्ननगर–१, टाँडी, चितवनमा आफुँले खरिद गर्न चाहेको शेयर कित्ता खुलाई आवेदन दिन सक्नेछन् ।

साथै तोकिएको अवधिभित्र कुनै पनि आवेदन नपरेको खण्डमा प्रचलित नियमअनुसार उक्त शेयर अन्य व्यक्तिलाई बिक्री गरिने बैंकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*