सिद्धार्थ बैंकको सिइओमा सुन्दर प्रसाद कडेल नियुक्त

२८ मंसिर २०७८, मंगलवार १०:४३

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा सुन्दर प्रसाद कडेल नियुक्त भएका छन् ।

बैंकको मंसिर २७ गते बसेको संचालक समितिको बैठकको निर्णअनुसार बैंकका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत पदमा रहेका कडेल सोही मितिदेखि नै लागू हुने गरी आगामी ४ वर्षको लागि सिइओ पदमा नियुक्त भएका हुन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*