युनिलिभर नेपालद्धारा शेयरधनीलाई पुरानो लाभांश लिन अनुरोध
२८ मंसिर २०७८, मंगलवार ११:३६

काठमाडौं । युनिलिभर नेपालले शेयरधनीहरुलाई पुरानो लाभांश लिन आग्रह गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७२।०७३ को पाँच वर्ष पुरानो लाभांश रकम लिन शेयरधनीलाई अनुरोध गरेको हो ।
उक्त लाभांश लिनका लागि ३० दिन भित्र कम्पनीको शेयर रजिष्ट्रार सनराइज क्यापिटलमा सम्पर्क गर्न सकिनेछ । कम्पनीले आर्थिक सोही आवको लाभांश भुक्तानी हुन ५७ लाख ३६ हजार ४८० रुपैयाँ बाँकी रहेको जनाएको छ ।
साथै तोकिएको अवधि भित्र लाभांश रकम नलिएको खण्डमा उक्त लाभांश लगानी संरक्षण कोषमा जम्मा हुने कम्पनीले जनाएको छ ।