ग्लोबल आइएमई बैंकको वार्षिक साधारणसभा सम्पन्न, १३ प्रतिशत लाभांश प्रस्ताव पारित

२८ मंसिर २०७८, मंगलवार १४:१४

ग्लोबल आइएमई बैंक लिमिटेडको १५ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाबाट आर्थिक वर्ष २०७७/७८ को लाभांश पारित भएको छ। कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७७/’७८ को कुल मुनाफाबाट बैंकले आफ्ना सेयरधनीहरुका लागि प्रस्ताव गरेको १० प्रतिशत बोनस सेयर र ३.५ प्रतिशत नगद लाभांश गरी जम्मा १३.५ प्रतिशत लाभांश दिने प्रस्तावलाई पारित गरेको हो।

बैंकले आर्थिक वर्ष २०७७/७८ मा सञ्चालन मुनाफा ७ अर्ब ९ करोड रुपैयाँ र करपछिको मुनाफा ४ अर्ब १६ करोड रुपैयाँ आर्जन गरेको थियो । प्रस्तावित बोनस सेयर वितरणपश्चात बैंकको चुक्तापुँजी २३ अर्ब ७९ करोड रुपैयाँ पुग्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*