ग्लोबल आइएमई लघुवित्तको साधारण सभा सम्पन्न, २८ प्रतिशत लाभांश पारित

२८ मंसिर २०७८, मंगलवार १७:०८

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको नवौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको सभा कास्की जिल्लाको होटल पोखरामा आज सम्पन्न भएको हो । उक्त सभा संस्थाका अध्यक्ष बृद्धि अकेलाको सभापतित्वमा सम्पन्न भएको हो ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २८ प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साथै उक्त सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखापरिक्षकको नियुक्ति र निजको पारीश्रमिक निर्धारण प्रस्ताव पारित गरेको हो ।

साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि कम्पनीले मंसिर १४ गते एक दिनका लागि बुक क्लोज गरेको हुदाँ मंसिर १३ गतेसम्म कायम शेयरधनीहरुले मात्र प्रस्तावित लाभांश पाउनेछन् ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*