१२ प्रतिशत लाभांश पारित गर्दै मेगा बैंकको साधारण सभा सम्पन्न

२८ मंसिर २०७८, मंगलवार १७:२१

काठमाडौं । मेगा बैंकको वार्षिक साधारण सभा आज नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंमा सम्पन्न भएको छ ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १० प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि २ दशमलव शून्य ७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

साथै उक्त सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण माथि छलफल गरि पारित गर्नुका साथै अन्य बैंक तथा वित्तीय संस्थाहरुसँग गाभ्ने गाभिने सम्बन्धी सम्पूर्ण कार्य गर्ने संचालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत पारित गरेको छ । सभाले चालु आर्थिक वर्षको लागि लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक समेत निर्धारण गर्ने लगायतका एजेण्डा पारित गरेको छ ।

बैंकले साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि मंसिर १४ गते एक दिनका लागि बुक क्लोज गरिसकेको हुँदा मंसिर १३ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*