धितोपत्र बोर्डमा नयाँ अध्यक्ष नियुक्ती छिट्टै, कार्यदलका एक जना सदस्य परिवर्तन
काठमाडौं । धितोपत्र बोर्डले अब छिट्टै नयाँ अध्यक्ष पाउने भएको छ । अर्थ मन्त्रालयले यसअघि गठन गरेको अध्यक्ष छनौट समितिका एक जना सदस्य परिवर्तन गरी मन्त्रिपरिषदबाट अनुमोदन गरेसँगै अब तीव्र गतिमा अध्यक्ष छनौट प्रक्रिया अघि बढ्ने भएको हो ।
बोर्डको अध्यक्ष बन्न १२ जनालेआवेदन दिएका छन् । अर्थमन्त्रालय स्रोतले भन्यो, अब आवेदकहरु मध्येबाट उत्कृष्ट तीन जना छनौट गरी अध्यक्ष नियुक्तीका लागि मन्त्रिपरिषद समक्ष सिफारिस हुनेछ ।
नयाँ बनेकोअध्यक्ष चयन कार्यदलमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेल, अर्थ मन्त्रालयका सचिव मधु मरासिनी र विज्ञ सदस्यमा डा. जीवनाथ धिताल रहेको अर्थ मन्त्रालयका प्रवक्ता रितेश शाक्यले जानकारी दिए ।
यसअघि अर्थमन्त्रालयले गठन गरेको समितिमा विज्ञ सदस्यको रुपमा प्रा.डा. नारायण प्रसाद पौडेललाई राखिएकोमा उनलाई हटाएर उनको ठाँउमा डा. धिताललाई राखेर नयाँ समिति बनाइएको हो ।