आगामी महिना ब्याजदर नबढाउने तीन बैंकर्स संघको निर्णय

२८ मंसिर २०७८, मंगलवार १८:०८

काठमाडौं ।  विकास बैंक र फाइनान्स कम्पनीहरुले पनि पुसको लागि व्याज दर नबढाउने सहमति गरेका छन् । बैकर्स संघले फाइनान्स संघ र विकास बैंक संघलाई पनि साथै लिएर जाने निर्णय बमोजिम बैठक बसेको थियो । तीनवटै संघको बैठक पछि पुनः फाइनान्स संघ, विकास बैंक संघको बैठकले पनि व्याज दर नबढाउने निर्णय गरेको हो ।

संघको छुट्टाछुट्टै बसेको बैठकले मंसीर महिनाको लागि प्रकाशित व्याज दरलाई पुस महिनामा पनि निरन्तरता दिने जनाएको छ। ‘व्याज दर बढाउँदा पनि निक्षेप खासै नबढेकाले व्याज दर नबढाउने र पुरानौ व्याज दरमा निरन्तता दिने निर्णय गरेका संघले जनाएको छ।

त्यसैगरी विकास बैंक संघले पनि यस महिनाकै व्याज दरलाई पुस महिनामा पनि निरन्तरता दिने बताएका छन् । संघका अनुसार व्याज दर नबढाउने सहमति भएको र बुधबार मंसिर महिना प्रकाशित व्याज दरलाई नै पुनः प्रकाशित गरिनेछ ।
बैंकहरुले व्याज दरमा तीव्र प्रतिस्पर्धा गरेपछि केन्द्रीय बैंकले निर्देशन जारी गरेर अघिल्लो महिनाको भन्दा १० प्रतिशतले मात्रै निक्षेपको व्याज दर वृद्धि गर्नु पाउने निर्देशन दिएका थिए ।
त्यसैगरी १० प्रतिशतले व्याज दर बढाउने निर्देशन दिँदा पनि व्याज दर बढ्ने क्रम नरोकिए पछि राष्ट्र बैंकले पुनः अघिल्लो महिनाको औसत व्याज दरमा १० प्रतिशत मात्रै व्याज दर बढाउन पाउने निर्देशन दिएको थियाृ । निर्देशनपछि पनि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुको व्याज दरमा खासै अन्तर देखिएको छैन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*